Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

व्यास नगरपालिकाद्वारा १०८ जना दीर्घ रोगका बिरामीलाई आर्थिक सहयोग

व्यास नगरपालिकाद्वारा १०८ जना दीर्घ रोगका बिरामीलाई आर्थिक सहयोग

इच्छाकामना न्युज

८, मंसिर २०८१
व्यास नगरपालिकाद्वारा १०८ जना दीर्घ रोगका बिरामीलाई आर्थिक सहयोग
images

तनहुँ । व्यास नगरपालिका कार्यालयले एक सय आठ जना दीर्घ रोगका बिरामीलाई रु.पाँच हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।

images
images

नगरपालिकाले दमौलीमा आयोजना गरेको आर्थिक बर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

क्यान्सर,मुटुरोगी,मृर्गौला फेल भएका,कलोजो टान्सप्लान्ट लगायतका समस्या भएका बिरामीलाई रु.१६ लाख १५ हजार बिरामीको खातामा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

संघीय सरकारले सूचिकृत गरे अनुरुप औषधी खर्च बापत उक्त रकम प्रदान गरिएको हो,उहाँले भन्नुभयो “बिरामीका लागि बजेट पनि संघीय सरकारबाट नै बिनियोजन गरिएको हुन्छ ।” उहाँका अनुसार ज्येष्ठ नागरिक,सुत्केरी,विपन्न नागरिक,मानसिक रोगी गरी चौतिस जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराइएको छ । नगरपालिकाले उक्त प्रकृतिका व्यक्तिलाई अस्पतालबाट घरसम्म पु¥याउने गरी कार्यपालिका बैठकबाट निर्णय गरिएको छ ।

विपन्न नागरिक,क्यान्सर,मुटुरोगी,मृर्गौला फेल भएका ३२ जनालाई औषधी उपचारका लागि संम्बन्धित निकायमा सिफारिस गरिएको उहाँले बताउनुभयो । त्यसैगरी गर्भवति महिला पोषण सहयोग कार्यक्रम अन्र्तगत एक सय एघार जना महिलालाई रु.पाँच हजारका दरले रु.पाँच लाख ५५ हजार आर्थिक सहयोग गरिएको छ । चिसो मौसम सुरु भैसकेपनि डेंगु नियन्त्रणमा नआएकाले नगरपालिकाले “खोज र नष्ट गर” अभियानलाई निरन्तरता दिदै आइएको छ । विद्यालय तथा समुदायमा शिक्षा कार्यक्रम संचालन गर्दै आएकोमा यस कार्यलाई पुन ः निरन्तरता दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - २०:४४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology