Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

महाराष्ट्रमा भाजपासहितको गठबन्धनलाई भारी बहुमत, झारखण्डमा जेएएमलाई बहुमत

महाराष्ट्रमा भाजपासहितको गठबन्धनलाई भारी बहुमत, झारखण्डमा जेएएमलाई बहुमत

images

इच्छाकामना न्युज

८, मंसिर २०८१
महाराष्ट्रमा भाजपासहितको गठबन्धनलाई भारी बहुमत, झारखण्डमा जेएएमलाई बहुमत
images

काठमाडौँ —भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको छ ।

२ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धनले १ सय ८४ सिट जितिसकेको छ भने ४५ सिटमा अग्रता कायम गरेको छ ।

भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको 'महायुती' गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । विपक्षी गठबन्धन 'महा विकास अघाडी (एमभीए)' ४१ सिटमा विजयी भएको छ भने ११ सिटमा अगाडि छ । एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी) लगायत सहभागी छन् ।

३ सिटमा अन्य दलहरू विजयी भएका छन् । महाराष्ट्रका सबै २ सय ८८ विधानसभा सिटका लागि बुधबार (नोभेम्बर २०) मतदान भएको थियो । महाराष्ट्रको यसपटकको चुनाव इतिहासकै प्रतिस्पर्धात्मक हुने ठानिएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने आकलन गरिएको थियो । तर त्यसविपरीत चुनावमा सत्तारुढ गठबन्धनले सहज जित निकालेको हो ।

सन् २०१९ को चुनावपछि महाराष्ट्रको राजनीतिमा खिचातानी चरम उत्कर्षमा पुगेको थियो । उक्त चुनावमा उद्धव ठाकरे नेतृत्वको शिवसेना र भाजपा विजयी भएका थिए । भाजपा १ सय ५ सिटमा विजयी भएको थियो । शिवसेनाले ५६ र एनसीपी ५४ सिटमा विजयी भएका थिए । कंग्रेस ४४ सिटमा सिमित भएको थियो । तर यो पाँच वर्षको अवधिमा शिवसेना र एनसीपी विभाजित भएकाले चुनावी प्रतिस्पर्धा रोचक हुने ठानिएको थियो ।

images
प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - २०:०६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology