इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाले आज बुधबारका लागि सार्वजनिक बिदा दिएको छ ।
इच्छाकामना गाउँपालिका क्षेत्र भित्र मनाईने इच्छाकामना पञ्चमीका मेला एवं प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिरमा विशेष पूजाको अवसरमा गाउँपालिकाले आज बुधबार १ दिनका लागि सार्वजनिक बिदा दिएको छ ।
आज मंसिर ५ गते (बुधबार) गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, विद्यालय बिदा रहने गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरि जानकारी गराएको हो । पञ्चमीका दिन इच्छाकामनामा विशेष पूजा तथा मेला लाग्ने गर्छ ।