मुग्लिङ, ३ मंसिर । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ५ शान्ति बजारमा भोलि मंसिर ४ गते इच्छाकामना पञ्चमी मेला लाग्दैछ ।
शान्ति बजार टोल विकास संस्थाको आयोजनामा इच्छाकामना पञ्चमी मेला लाग्ने भएको हो ।
मेलाको मुख्य आकर्षणहरुमा सिद्धबाबा मन्दिर र ईच्छाकामना मन्दिर दर्शन, पञ्चे बाजा, चुट्का तथा साँस्कृतिक कार्यक्रम लगाएत रहेको आयोजकले जनाएको छ ।