मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च बढ्ने र आम्दानी कम हुने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, नयाँ योजना थालनी गर्न सकिनेछ। सम्पादित कामको उचित मूल्य प्राप्त हुनेछ। तर हिसाबकिताबमा अलि होसियार रहनुपर्ने समय छ।