Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागु औषध सहित २ जना पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागु औषध सहित २ जना पक्राउ

इच्छाकामना न्युज

५, कार्तिक २०८१
आँबुखैरेनीको बेनिटारबाट अवैध लागु औषध सहित २ जना पक्राउ
images

आँबुखैरेनी, ५ कार्तिक । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनीटारबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । पृथ्वी राजमार्ग सडक–खण्ड अन्तर्गत बेनीटारमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा स्याङ्जा जिल्ला आधीखोला गा.पा. वडा नं. ३ बस्ने वर्ष २२ को सरोज सुवेदी र कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ९ बस्ने वर्ष २० को बिकास श्रेष्ठलाई लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

images
images

प्रहरीले सुवेदी र श्रेष्ठको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-–१५४ एम्पुल, Phenergan–१५५ एम्पुल र Buprenorphine–१५५ एम्पुल गरी जम्मा ४६४ एम्पुल नियन्त्रित लागु औषध बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभएको छ । 

images
प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १०:०१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology