शहिदलखन, २३ असोज
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ९ बुङकोटघाटबाट अवैधरुपमा नदी जन्य पदार्थ उत्खनन् गरि ओसार पसार गरिरहेको अवस्थामा तीन ट्रिपर एक ट्याक्टरलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ।
अबैध ढुंगा सहित उत्खनन गरि ओसारपसारमा संलग्न रहेको ग १ ख ६२१, ग १ख ८०३१, ग १ ख ७६ ५५ नम्बरको ट्रिपर ग १ त ५२२६ नम्बरको ट्याक्टलाई विहिबार नियन्त्रणमा लिएको हो।
उक्त ट्रिपर र ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाहीका लागि गाउँपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
हाल सम्म अबैध नदीजन्य पदार्थ उत्खनन गरि ओसारपसार गर्ने २६ वटा सवारी साधनलाई नियनत्रणमा लिई कारबाहीका लागि गोरखा नगरपालिकामा बुझाइएको गोरखा प्रहरीले जनाएको छ।
सांकेतिक तस्बीर