Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको मझिमटारमा आयोजित अञ्जन स्मृति कप उपाधी 'हाम्रो मुग्लिन'ले जित्यो

धादिङको मझिमटारमा आयोजित अञ्जन स्मृति कप उपाधी 'हाम्रो मुग्लिन'ले जित्यो

इच्छाकामना न्युज

८, आश्विन २०८१
धादिङको मझिमटारमा आयोजित अञ्जन स्मृति कप उपाधी 'हाम्रो मुग्लिन'ले जित्यो
images

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ को आयोजनामा मझिमटारमा अञ्जन स्कृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता हाम्रो मुग्लिन, ईच्छाकामनाले जित्न सफल भएको छ । नेपाली भलिबलमा परिचित नाम हो नविन महतो (पुतली) उनी क्लवबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उच्च प्रदर्शन गरिसकेका खेलाडी हुन् । उनलाई टिममा सहभागी गराउन सकेर हाम्रो मुग्लिनले उपाधी लियो भने धादिङका स्थानीयहरुले प्रत्यक्ष्य रुपमा पुतलीको खेल हेर्ने मौका समेत पाएका थिए ।

images
images

१२ टिम सहभागी उक्त प्रतियोगितामा बेनीघाट रोराङको चन्द्रोदय वहुमुखी क्याम्पस द्वितिय, जनसेवा युवा क्लव गोरखा तृतीय र सबेनीघाट रोराङ कै हिमालयन युवा क्लव,विधाङ सान्तोना भएका छन् ।

विजयी प्रथमलाई ५० हजार, द्वितियलाई २५ हजार तृतियलाई २० र सान्तोनालाई ५ हजार प्रदान गरिएको खेल संयोजक सुजन भट्टराईले धादिङपोष्टलाई बताए । विजेताहरुलाई पुरस्कार वितरणका प्रमुख अतिथि पालिका अध्यक्ष कृष्णबहादुर थपलियाले पुरस्कार वितरण गरेका थिए ।

संयोजक भट्टराईका अनुसार प्रतियोगितामा हाम्रो मुग्लिनबाट सर्वोकृष्ट खेलाडीमा नविन महतो (पुतली), उत्कृष्ट सेटर मन्जिल गुरुङ, उत्कृष्ट ब्लकरमा निकेश महतो, उत्कृष्ट डिफेण्डर योगेश राई भए भने चन्द्रोदय वहुमुखी क्याम्पसका खेलाडी रुकेश मगर उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भरमा विदुर ईटनी पुरस्कृत भए ।

प्रतिष्ठानले गत वर्ष सोही मितिमा खुल्ला क्लब स्तरीय फुटबल आयोजना गरेको थियो । उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार प्रदान गरेको थियो । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रमक भन्दा धेरै विक्की एक्लैले जितेका थिए ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओवादी केन्द्रका सचिव थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले गत वर्ष देखि स्मृति कपको आयोजाना गर्दै आएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - ०९:१३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology