Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको चुमखोलामा बेलिब्रिज निर्माण, गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकावासीलाई आवतजावतमा सहज बन्दै

इच्छाकामनाको चुमखोलामा बेलिब्रिज निर्माण, गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकावासीलाई आवतजावतमा सहज बन्दै

इच्छाकामना न्युज

१९, भाद्र २०८१
इच्छाकामनाको चुमखोलामा बेलिब्रिज निर्माण, गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकावासीलाई आवतजावतमा सहज बन्दै
images

चुम्लिङटार । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्खोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ । 

images
images

गोरखा सडक योजनाको समन्वयमा वुट्टारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी लिमिटेडले उक्त ब्रिज बनाइएको हो ।

आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बेलिब्रिज निर्माण सगँै गण्डकी गाउँपालिकाका जनतालाई ठूलो राहत मिलेको बताउनुभयो ।  

यस अघि झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामाग्रीहरु ल्याउनुपर्ने बाध्यता रहे पनि अवका दिनमा पुल मार्फत गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयहरुलाई सहज भएको उहाँले बताउनुभयो । 

यसैबिच इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना र गण्डकी गाउँपालिका जनतालाई आवत जावतमा सहज भएको बताउँनुभयो । साथै गण्डकी गाउँपालिकाका जनताहरुलाई स्वास्थ्य सेवाका लागि चितवन, काठमाडौँ जान थप सहज भएको  बताउँनुभयो । इच्छाकामनाका विद्यालयहरुमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकाहरुलाई विद्यालय आउन थप सहज बनेको  उहाँको भनाई छ ।  

बेलिब्रिज निर्माणले दुबै पालिकाका जनताको आवत जावत मात्र नभई अन्य विकास निर्माणका लागि सहज बन्ने उहाँको विश्वास छ । साथै निर्माणाधिन हाइड्रो पावर निर्माणका क्रममा आइपर्ने समस्याहरुमा गाउँपालिकाले सहजीकरण गर्ने प्रतिवद्धता जनाउँनुभयो । 

पूर्व प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले गोरखाको दक्षिण भेगको विकासका लागि आवश्यक स्थान  सबै ठाउँमा पुल निर्माण गरिनुपर्ने बताउनुभयो ।  

गोरखाको  क्षेत्र नम्बर १मा पर्ने बेनीघाटदेखि डुम्रेसम्म धैरै स्थानमा पुल निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँ भएपछि त्याहाँ किन भन्ने कुरा  आउँछ , यहाँ भएपछि ठेवाटारमा किन, कुुरिनटारमा किन ज्यमिरेघाटमा किन धवाडीघाटमा किन भन्ने प्रश्न आउँछ  यी  सबै प्रश्नलमई खारेज गर्नुपर्छ , काठमाडौँमा कती नजिक नजिक पुलहरु छन् यहाँ पनि सबै ठाउँमा पुल निर्माण गरि पक्की सडकहरु निर्माण गर्नुपर्छ जो जहाँबाट पनि जान सक्ने सुनिश्चतता गर्नुनै दक्षिण बेल्ट र गोरखालीहरुको समृद्धिको आधार हो । ”

यसका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । ब्लु इनर्जीको  पुल निर्माण गर्ने पहलकदमीले क्रम भंग गरेको  बताउँदै अधिकारीले धन्यवाद दिनुभयो । 

सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि सलिन देवकेटाले रु.  १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताउँनुभयो । उहाँका अनुसार पुलको लम्वाई ११६ मिटर र चौडाई ४.२ मिटर रहेको छ ।

यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एक पटकमा एउँटा गाडी मात्र आउजाउ गर्न मिल्ने उहाँले बताउनुभयो । 
कम्पनीका निर्देशक निरञ्जन रेग्मीले हाइड्रो पावर निर्माणसगैँ इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो । यो बेलिब्रिजले  यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, इच्छाकामना गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष नर बहादुर नेपाल, गण्डकी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष तोपमान गुरुङ, सरोकार समितिका अध्यक्ष सिताराम रसाइली लगायतले मन्तव्य राख्नुभएको थियो । 

images
प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - २२:५१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology