Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आजदेखि अभ्यास खेल खेल्दै

विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आजदेखि अभ्यास खेल खेल्दै

images

इच्छाकामना न्युज

१८, भाद्र २०८१
विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आजदेखि अभ्यास खेल खेल्दै
images

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरु हुन लागेको हो ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीवार हुनेछ । यसअघि दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकामा नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ । यो श्रृङ्खलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने श्रृङ्खला हुनेछ । यो श्रृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - ०८:४१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology