Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छिम्केश्वरी मा.वि. भाँगेका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण

छिम्केश्वरी मा.वि. भाँगेका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण

इच्छाकामना न्युज

१०, भाद्र २०८१
छिम्केश्वरी मा.वि. भाँगेका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण
images

आँबुखैरेनी । आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयका बालविकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई ट्रयाकसुट, झोला, जुत्ता, स्टेशनरी सामग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यालयका विद्यार्थीलाई आज सामग्री प्रदान गरेका हुन्  । 

images
images

फ्रेण्ड्स अफ सिङ्ला फाण्डेसन स्वीसको सहयोगमा विद्यालयमा अध्ययनरत १६५ जना विद्यार्थीहरुका लागि सामग्री प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासले बताइन् । सँस्थाले विद्यालयका साउण्ड सिस्टम, शिक्षकहरुलाई डायरी र पेन समेत प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले बताए । 

chhimkeshwary 3.jpg

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर, आँवुखैरेनी गाउँपालिका विकास वोर्डका सदस्य सचिव किशोर सुवेदी, फ्रेण्ड्स अफ सिङ्ला फाण्डेसन स्वीसका अध्यक्ष सोम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासको अध्यक्षता र आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक काशीनाथ देवकोटाले गरेका थिए । नयाँ पोशाक, झोला, स्टेशनरी सामग्री पाएपछि विद्यार्थीहरु खुशी भएका स्थानीय अभिभावक दल कुमारी थापाले बताइन् । 

images
प्रकाशित मिति :भाद्र १०, २०८१ सोमवार - १९:०७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology