मुग्लिन । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिएसँगै तीजगीत बजारमा आउने क्रम बढेको छ ।
यहि क्रममा मुग्लिङ निवासी चर्चित लोक तथा दोहोरी गायक चन्द्र परियारको नयाँ तीजगीत ‘नाचेको राम्रो हाँसेको राम्रो...’ सार्वजनिक भएको छ । केहि दिन अघि उनको आफ्नै अफिसियल युट्युब च्यानल चन्द्र परियार अफिसियलबाट गीत सार्वजनिक गरिएको हो ।
गीतमा गायक चन्द्र परियार आफैले पुरुष स्वर भरेको छ भने महिला स्वरमा प्रेम सुनार र उषा थापा मगरको रहेका छन् । गीतको शब्द र संगीत चन्द्र परियारकै रहेको छ ।