Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चुम्लिङटारमा सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चुम्लिङटारमा सम्पन्न

images

इच्छाकामना न्युज

१२, श्रावण २०८१
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम चुम्लिङटारमा सम्पन्न
images

चुम्लिङटार  । चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नं. ३ स्थित चुम्लिङटारमा गाउँपालिकाको आर्थिक बर्ष २०८०।०८१ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

4.jpg

कार्यक्रम वडा नम्बर ३ स्थित वडा कार्यालय भवनमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

2.jpg

कार्यक्रममा पालिकाले अनुदानमा उपलब्ध गराएका बिउबिजनमा भएको समस्या, विकास निर्माणमा हुने ढिला सुस्ती, उपभोक्ता मार्फत भएका योजनाहरुको भुक्तानीमा ढिलाई  हुने, सम्झौता अनुसार बजेट उपलब्ध नहुने लगायतका समस्या बारे सहभागीहरुले  प्रश्न गरेका  थिए ।

5.jpg

साथै सहभागीहरुले राजमार्गको मुख्य क्षेत्रमा सडक विस्तारको काम चलिरहदा ढल व्यवस्थापनको काम गर्नुपर्ने, गाउँपालिकाका सामुदायिक विद्यालयहरुको शिक्षक गुणस्तर खस्किएको लगायत स्वास्थ्य शिक्षा, कुषि, पूर्वाधार जस्ता क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।

7.jpg

नागरिकहरुबाट आएको समस्याको सम्बोधन गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल,  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवक्ता नर बहादुर नेपाल लगायतले गरेका थिए । 6.jpg 

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हुदाँ यस्तो कार्यक्रमहरु आयोजना गरिनुपर्ने बताए । साथै उनले कार्यक्रममा उठेका प्रदेश तथा संघ सरकारबाट निर्माण गरिएका कामहरुमा आएको गुनासोलाई समाधानका लागि आवश्यक समन्वय गरिने बताए ।

8.jpg

images
प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - १०:२४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology