Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकाबिहानै जलविरेमा हायस माईक्रो दुर्घटना, ३ जना घाईते

एकाबिहानै जलविरेमा हायस माईक्रो दुर्घटना, ३ जना घाईते

इच्छाकामना न्युज

७, श्रावण २०८१
एकाबिहानै जलविरेमा हायस माईक्रो दुर्घटना, ३ जना घाईते
images

जलविरे । मुग्लिङ–नारायणगढ सडक खण्ड अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रोबस आफै अनियन्त्रित भई एकाबिहानै दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि तीन जना घाइते भएका छन् । 

images
images

आज बिहान ४ बजेको समयमा पूर्वी नवलपरासीको कावासोतीबाट काठमाण्डौ तर्फ जादै गरेको ग १ ख ९१५५ नम्बरको माईक्रो आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किदा माईक्रोमा सवार १७ जना मध्य ३ जना यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

माईक्रो चालक चितवनको माडी नगरपालिका–१ बस्ने बर्ष ३३ का नन्दलाल महतो प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनामा माइक्रोमा सवार कावासोति–५ बस्ने बर्ष ६० की सन्तुमाया कुमाल, उदयपुर गाईघाट नगरपालिका–१५ बस्ने १९ वर्षको जेनिस बस्नेत र माईक्रोको सहचालक कावासोती–८ बस्ने बर्ष ३६ को धनश्याम न्यौपाने घाइते भएका छन् । सहचालक न्यौपानेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ०८:१४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology