Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दिपुरको याम्पामा तास खेलिरहेका ९ जना पक्राउ

बन्दिपुरको याम्पामा तास खेलिरहेका ९ जना पक्राउ

इच्छाकामना न्युज

५, श्रावण २०८१
बन्दिपुरको याम्पामा तास खेलिरहेका ९ जना पक्राउ
images

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका ५ याम्पाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब पौने ३ बजेको समयमा याम्पा स्थित स्थानीय जित बहादुर क्षेत्रीको दुईतल्ले घरमा अवैध रुपमा जितहारको बाजी राखी जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त घरकोठा खानतलासी गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

images
images

पक्राउ पर्नेहरुमा घरधनी जित बहादुर क्षेत्री सहित रमेश अधिकारी, चिज कुमार परियार, पशुपति पन्त, मुक्तिनाथ पन्त, बम बहादुर लामिछाने, अर्जुन रम्तेल, सोम बहादुर गुरुङ र बिष्णु प्रशाद भट्टराई रहेको छ । उनीहरुको साथबाट प्रहरीले जम्मा १५६ पत्ती तास ३३ हजार ४५ रुपैयाँ नगद बरामद गरेको छ भने पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - ०८:५२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology