Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनाको लेवाटारबाट प्रहरीले करिब १५ सय लिटर घरेलु मदिरा बरामद गर्‍यो

इच्छाकामनाको लेवाटारबाट प्रहरीले करिब १५ सय लिटर घरेलु मदिरा बरामद गर्‍यो

images

इच्छाकामना न्युज

१७, आषाढ २०८१
इच्छाकामनाको लेवाटारबाट प्रहरीले करिब १५ सय लिटर घरेलु मदिरा बरामद गर्‍यो
images

कुरिनटार ।  चितवनको इच्छकामना  ४ लेवाटारबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनले स्थानीयको दुई घरबाट  एक हजार ४४०  लिटर मदिरा बरामद गरिएको हो । 

ठूलो मात्रामा घरेलु मदिरा उत्पादन गरि विक्री वितरण गरेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा  उक्त परिमाणमा घरेलु मदिरा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी  निरिक्षक निरला भण्डारीले बताउनुभयो ।  निरिक्षक  भण्डारीका अनुसार खुल्लम खुल्ला ठूलो परिमाणमा मदिरा उत्पादिन गरि विक्री वितरण गर्दै आइरहेको पाइएको छ । 

उत्पादन गर्न प्रयोग गर्ने भाडासहित मदिरा बरामद गरेका हुन् । बरामद गरिएको मदिरालाई  नष्ट गरिएको  प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - २१:५८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology