Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

श्रीमती हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमती हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

images
श्रीमती हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय
images

एजेन्सी । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ । 

राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक बिशिम्बायेभलाई कारागार सजाय सुनाएको हो । उनले गत वर्ष आफ्नी श्रीमती साल्टानाट नुकेनोभाको हत्या गरेका थिए । ४४ वर्षीय बिशिम्बायेभलाई यातना र हत्या गरेको अभियोगमा दोषी पाइएको थियो ।

हत्यापछि मुलुकमा महिलाहरूको सरक्षाका लागि कडा कानून बनाउन माग गर्दै अनलाइन आवेदन सुरु गरिएको थियो । यसले केही दिनमै दशौँ हजार हस्ताक्षर सङ्कलन गरेको छ । 

बिशिम्बायेले आफू निर्दोष भएको बताएका छन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा पहिला नै १० वर्षको कारागार सजाय सुनाइएको थियो तर एक वर्षपछि आममाफीपछि उनी रिहा भएका थिए । 

घरेलु हिंसालाई फौजदारी संहितामा समावेश नगरिएको कजाकिस्तानमा हरेक वर्ष ८० भन्दा बढी महिला हत्या हुने गरेको तथ्या‌ंक छ । संयुक्त राष्ट्रसङ्घले अनौपचारिकरूपमा महिला हत्याको सङ्ख्या चार सयसम्म हुनसक्ने अनुमान गरेको छ । 

images
प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - ०७:४०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology