Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको दुई महिनापछि निधन

सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको दुई महिनापछि निधन

एजेन्सी

३१, बैशाख २०८१
सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको दुई महिनापछि निधन
images

एजेन्सी । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको मृत्यु भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित उनको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको हो ।

images
images

जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको अस्पतालले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो ।

प्रत्यारोपणअघि हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो । विश्वभर अङ्गको अभाव पुरानो समस्या रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार मार्चमा मिर्गौला प्रत्यारोपणका लागि एक हजार चार सयभन्दा बढी बिरामीको सूची रहेको थियो । स्लेम्यानमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण भएपछि अरु बिरामी पनि प्रेरित भएका खबरमा उल्लेख छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - ०८:४१:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology