गोरखा । गत सोमबार साँझ वर्षासँगै आएको हावाहुरीले गोरखाको सहिद लखन गाउँपालिकामा मात्र २१ वटा घरमा क्षति पु¥याएको छ । हावाहुरीले शहिद लखन गाउँपालिका वडा नं. ८ छापथोक र मैलुङमा १९ वटा घरको छाना उँडाएको प्रहरीले जनाएको छ ।
त्यस्तै वडा नंं. ६ भाङ्बारीमा दुई वटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताए । त्यस्तै विभिन्न ठाउँमा गोठको पनि छाना उठाएको उनले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार भिमसेन थाापा गाउँपालिका वडा नं. ८ बोर्लाङमा रहेको सरस्वती माविमा पनि हावाहुरीले आंशिक क्षति पुगेको छ ।
सोमबार साँझ ९ बजेको समयमा चट्याङले हानेर पालुङटार नगरपालिकामा एक जना घाइते भएका थिए । काठमाडौं दक्षिणकाली नगरपालिका वडा नं. ७ फर्पिङ स्थायी घर भई हाल पालुङटार नगरपालिका वडा नं. २ लिगलिगकोट बस्दै आएका ४१ वर्षीय तिलक बहादुर लामालाई चट्याङको झट्का लागेर घाइते भएको थियो ।
उनलाई तत्काल उद्धार गरेर आँपपिपल अस्पताल लगिएको थियो । उपचार पश्चात उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।