Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अवैध मार्गबाट कुवेतमा ‘बेचिएका’ महिलाको बिचल्ली

अवैध मार्गबाट कुवेतमा ‘बेचिएका’ महिलाको बिचल्ली

पत्रपत्रिका

२४, बैशाख २०८१
अवैध मार्गबाट कुवेतमा ‘बेचिएका’ महिलाको बिचल्ली
images

काठमाडौं । कुवेतमा घरेलु कामदारका रूपमा महिलाहरूलाई लैजान प्रतिबन्ध लगाइएको भए पनि अवैध मार्गबाट कुवेत पुगेका महिलाहरूले आफूहरू बेचिएको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी छन् ।

images
images

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् ।

यस्तै, मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेको भन्दै उनका श्रीमान् सन्तोषले उद्धार गर्न हारगुहार गरिरहेका छन् । श्रीमतीले सातवटा घर परिवर्तन गरिसक्दा पनि भनेनुसारको काम नपाएपछि समस्यामा परेको सन्तोषले बताए । अहिले श्रीमतीको उद्धार गर्न उनी एजेन्टसँग रोइकराई गरिरहेका छन् ।

अवैध बाटो हुँदै कुवेत आएर समस्यामा परेका दर्जनभन्दा बढी नेपाली महिला आफ्नो सम्पर्कमा रहेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘अवैध बाटो हुँदै घरेलु काममा आएर साहुको कुटपिट यातना सहन नसकेर तत्काल भागेकाको धेरै समस्या परेका दैनिक १२ देखि १५ जना नेपाली महिला मेरो सम्पर्कमा आउँछन्,’ समाजसेवी थापाले भने, ‘आफूहरूलाई एजेन्टले बिक्री गरेको रहेछ भनेर हारगुहार गर्नुहुन्छ, यस्ता त अनगिन्ती पीडितहरू छन्, हामी पनि के नै पो गर्न सक्छौँ र ? जे होस् सक्ने सहयोग गरिरहेका छौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - ०८:४१:२४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology