Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चतता सभा

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चतता सभा

इच्छाकामना न्युज

१७, बैशाख २०८१
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चतता सभा
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पूर्ण खोप गाउँपालिका सुनिश्चतता प्रमाणिकरण सभा सवडा नं. ६ स्थित पञ्चकन्या माध्यामिक विद्यालय परिषरमा सम्पन्न गरेको छ ।

images
images

सबै वालवालिकाहरुमा समतामूलक रुपमा पहुँच विस्तार गर्ने ध्येयका साथ मासिक ३६ वटा खोप केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको बेनीघाट रोराङले जिल्ला खोप समन्वय समितिबाट प्रमाणिकरण भईसके पश्चात आज सभा गरेको हो ।

सभामा पालिका प्रमुख कृष्णबहादुर थपलियाले खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्यमा पुर्याउने दुरदृष्टी, खोपवाट बचाउन सकिने रोगहरुका कारणले हुने विरामीदर, अपांगतादर र मृत्युदर घटाउने लक्ष्यका साथ दीगो विकासलाई पूर्ण बनाउन खोप कार्यक्रमलाई उच्च महत्व दिएको बताएका थिए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले फाल्गुन महिना (खोज) अभियान अन्तर्गत घरधुरी सर्वेक्षण, चैत्र महिना (खोप) अभियान अन्तर्गत विभिन्न कारणले खोप छुट भएका बालबालिकाहरुलाई खोप लगाई बैशाख महिना खोप महिना रुपमा मनाउने क्रममा वडा नं। १ देखि वडा नं। १० सम्म कोहि पनि बालबालिका राष्ट्रिय खोप तालिकानुसार छूट नभएको दावी गर्दै यस अभियनमा सहयोग गर्ने सबैलाई धन्यावाद व्यक्त गरेकी थिइन् ।

“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोपयुक्त बेनीघाट रोराङको सुनिश्चितता, हाम्रो प्रतिवद्दता” भन्ने नारा सहित आयोगित उक्त सभामा स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा, पालिकाका सबै सवै वडा अध्यक्षहरु, राजनीतिक दलका नेताहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - ०८:४८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology