Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गएराति मुग्लिन बजारमा भएको दुर्घटनाका गम्भिर घाईतेको मृत्यु

गएराति मुग्लिन बजारमा भएको दुर्घटनाका गम्भिर घाईतेको मृत्यु

इच्छाकामना न्युज

५, चैत्र २०८०
गएराति मुग्लिन बजारमा भएको दुर्घटनाका गम्भिर घाईतेको मृत्यु
images

मुग्लिन । चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारस्थित एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय नम्वर प्लेटको ट्रकमा नारायणगढतर्फबाट कुरिनटारतर्फ जाँदै गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल आइतबार साँझ ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

images
images

मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहनुभएको छ । दुर्घटनामा घाइते उहाँको उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा अस्पतालले ९ः५५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । मृतक कुसहवाको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

मोटरसाइकल, ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०९:०१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology