Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

इच्छाकामना न्युज

१२, फाल्गुण २०८०
टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह
images

काठमाडौँ । अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । 

images
images

शनिबार सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि पूर्ण कार्यान्वयन हुन नसकेको बताएको हो । अझै पनि केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएको उल्लेख गरेको प्राधिकरणले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।

टिकटकमा पहुँच पुगिरहेको र टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनुहुन समेत सबै इन्टरनेट सेवाग्राहीलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

साथै सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।

हेर्नुहाेस सूचना

 

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०८:४२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology