Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिजको विरोधपछि सभामुख र सञ्चारमन्त्री पत्रकार महासंघको कार्यक्रममा सहभागी नहुने

फोनिजको विरोधपछि सभामुख र सञ्चारमन्त्री पत्रकार महासंघको कार्यक्रममा सहभागी नहुने

इच्छाकामना न्युज

२८, माघ २०८०
फोनिजको विरोधपछि सभामुख र सञ्चारमन्त्री पत्रकार महासंघको कार्यक्रममा सहभागी नहुने
images

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले आज तय गरेको ‘अग्र अनुहार’ पुस्तकको लोकार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सहभागी नहुने भएका छन् ।

images
images

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘अग्र अनुहार’ पुस्तकको विरोध गरेपछि घिमिरे र शर्मा कार्यक्रममा सहभागी नहुने  उच्च स्रोतले जनाएको छ ।

प्रतिष्ठान प्रदेश समिति काठमाडौंले महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको जीवनी र भूमिकालाई समावेश नगरी ‘अग्र अनुहार’ पुस्तक लोकार्पण गर्न लागेपछि फोनिजले शनिबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

सो पुस्तकले नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठको इतिहास र भूमिकालाई नामेट पार्न खोजेको फोनिजको दावी छ । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासंघको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने भन्दै फोनिजले सो पुस्तक प्रकाशन तत्काल रोक्न माग गरेको छ ।

‘इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था  हुन सक्दैन’ फोनिजका महासचिव मिलन लिम्बूले भने, ‘फोनिजले सो विषयमा नेपाल पत्रकार महासंघलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि महासंघले स्थापना दिन र संस्थापक सम्बन्धी तथ्यलाई नजरअन्दाज गर्दै आएको छ । गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्ने लगायतका गतिविधि अगाडि बढाएकोमा हाम्रो आपत्ति छ ।’

फोनिजले संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाइ गलत इतिहास सच्याउन र सोही गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा महासंघ विरुद्ध देशव्यापी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

फोनिजले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याउन चेतावनी दिएको छ । गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान वाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

यता नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले महासंघ केन्द्रीय समितिको कार्यक्रम नभएकाले महासंघको आधिकारिक कार्यक्रम नभएको बताए । उनले महासंघको साधारणसभा, महाधिवेशनबाट पारित भएका विषय मात्र आधिकारिक डकुमेन्ट हुने बताए ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १२:२९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology