Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको चान्दली डाडाँमा तीन सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन्, स्थानीय सरकार बेखबर

इच्छाकामनाको चान्दली डाडाँमा तीन सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन्, स्थानीय सरकार बेखबर

जथाभावी ढुङ्गा उत्खनन् गर्दा पहिरोको जोखिममा स्थानीय गाउँ, खानेपानीको मुहान पनि सुक्दै

इच्छाकामनाको चान्दली डाडाँमा तीन सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन्, स्थानीय सरकार बेखबर

ज्यानदाला । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ मा पर्ने चान्दली डाडाँमा अवैध रुपमा घर छाउने ढुङ्गा उत्खनन् गरेको पाईएको छ । स्थानीय एक व्यक्तिले बिक्रि वितरण गर्ने उद्देश्यका साथ गएको तीन सातादेखि उक्त स्थानबाट अवैध रुपमा घर छाउने ढुङ्गा उत्खनन् गरेको पाईएको हो । 

images

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन् भएको स्थानीयवासी रेशम चेपाङले जानकारी दिए । उनै रेशम चेपाङले बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा फोटो र भिडियो शेयर गरेपछि यो कुरा बाहिरिएको हो । 

419229289_273359885758012_4751798757457544243_n.jpg

उनी यहि माघ १ गते उक्त स्थानमा पुगेर हेर्दा ढुङ्गा निकालिरहेको पाईएको र यसका लागि कसले अनुमति दिएको छ भनी सोधीखोजी गर्दा कहिकतैबाट अनुमति नदिईएको पाइएको उनले बताए । यसपछि उनले सोही स्थानबाटै तत्काल गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र वडाध्यक्ष सन्त बहादुर मगरलाई जानकारी दिइएको थियो तर अहिलेसम्म स्थानीय सरकारबाट कोही पनि अनुगमनमा नआईपुगेको उनले बताए । साथै ढुङ्गा उत्खनन् कार्य रोक्न लगाउदा आफुलाई उल्टो ढुङ्गा निकाल्न नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न धम्की दिएको रेशम चेपाङले बताए । 

419450351_914562443574645_5549906184947215097_n.jpg

यता गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङसँग यस विषयमा प्रतिक्रिया लिदा विस्तृत रुपमा थाहा नभए पनि उक्त स्थानमा ढुङ्गा उत्खनन्को लागि पालिकाबाट कोही कसैलाई अनुमति नदिईएको बताए । ‘हामीलाई पनि त्यहाँ ढुङ्गा निकालेको जानकारी आएको छ, आइतबार हामी निरिक्षणमा जाने तयारीमा छौं ।’ –उनले भने । यसैगरी यस विषयमा वडा नं. १ का वडाध्यक्ष सन्त बहादुर मगरसँग प्रतिक्रिया लिदाँ उनले पनि आफुलाई जानकारी नभएको बताए ।

वडासदस्यलाई टेरेन
तीन सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन् गरेको पाईएपछि पुस २८ गते वडासदस्य बिक्रम चेपाङ सो स्थानमा निरिक्षणमा पुगेको थियो । उनलाई पनि अवैध रुपमा ढुङ्गा उत्खनन् गर्ने ठेकेदारले जे गरे पनि गर भन्दै धम्की दिएको छ । ‘मैले जति भन्दा पनि टेरेन, उल्टो मलाई धम्की दियो’ –वडासदस्य बिक्रम चेपाङले भने । उनले आफु अध्यक्ष रहेको सामुदायिक वनको तर्फबाट ढुङ्गा उत्खनन् रोक्नका लागि बुधबार विज्ञप्ती समेत प्रकाशित गरेको बताए ।

416086605_935660871456398_5831785611531500581_n.jpg

ढुङ्गा लैजाने जेसिबि लगाएर जथाभावी बाटो खन्दै
यसैगरी अवैध रुपमा उत्खनन् गरेको उक्त ढुङ्गा लैजानको लागि बाटो असहज भएपछि जेसिबि लगाएर बाटो खन्न सुरु गरेको छ । बिहिबारदेखि ठेकेदार स्वास्थ्य चेपाङले जेसिबि लगाएर ढुङ्गा खानीसम्म जान बाटो खन्न थालेको स्थानीय रेशम चेपाङले जानकारी दिए । 

होटलको लागि अवैध ढुङ्गा उत्खनन्
यसरी इच्छाकामना गाउँपालिका वडा नं. १ को चान्दली डाडाँमा अवैध रुपमा उत्खनन् गरेको ढुंगा कालिका नगरपालिकाको शक्तिखोरमा निर्माणधिन एक होटलको लागि लैजान लागिएको हो । उक्त होटलले स्वास्थ्य चेपाङलाई ढुङ्गा ल्याउने ठेक्का दिएपछि उनले चान्दलीटारमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्न लागेको हो ।  

अवैध उद्खनन्ले पहिरोको जोखिममा गाउँ, मुहान पनि सुक्दै
यता अवैध रुपमा ढुङ्गा उद्खनन गर्न थालेपछि खानीको डाडाँ भन्दा तल रहेका चेपाङ गाउँहरु गारघर, जैथलि, चौकीडाडा, साप्रेनि र बङ्ज्ञाङ पहिरोको जोखिममा परेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो । फेरी सोही ठाउँबाट जथाभावी ढुङ्गा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको छ । यस्तै ढुङ्गा उद्खनन् गर्दै गर्दा ती गाउँहरुले पिउने पानीको मुहानमा समेत पानी सुक्दै गएको स्थानीय रेशम चेपाङले जानकारी दिए ।  

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - २३:०६:०५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology