Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा स्थानीय तमू समाज र तमू सञ्चारकर्मी बिच अन्तरक्रिया

चितवनमा स्थानीय तमू समाज र तमू सञ्चारकर्मी बिच अन्तरक्रिया

इच्छाकामना न्युज

२४, पौष २०८०
चितवनमा स्थानीय तमू समाज र तमू सञ्चारकर्मी बिच अन्तरक्रिया
images

चितवन । जिल्लाको मुख्य तमू संघ संस्थाका प्रतिनिधि र तमू (गुरुङ) सञ्चारकर्मी बिच भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुरमा रहेको पाते ढिँडो एण्ड बिच रिसोर्टमा आज एक कार्यक्रमको अयोजना गरि समाजका प्रतिनिधि र सञ्चारकर्मी बिच बिच भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

images
images

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिका अध्यक्ष बिमला गुरुङ, सचिव किशोर गुरुङ र संगठन सचिव मीना गुरुङ, तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष बिक्रम गुरुङ, सदस्य आश बहादुर गुरुङको उपस्थिति रहेको थियो भने तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका अध्यक्ष लाला गुरुङ, महासचिव चित्र सोल्टी गुरुङ, पूर्व केन्द्रीय कोषाध्यक्ष, सल्लाहकार एवं वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङको समेत उपस्थिति रहेको थियो ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल केन्द्रीय समिति र चितवन जिल्ला समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष तुलमान गुरुङले गरेका थिए भने चितवनका तमू सञ्चारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी तमू सञ्चारकर्मीहरुले पछिल्लो समय सञ्चारमाध्यममा तमू सञ्चारकर्मी टिक्न कठिन हुदै गएको, गुरुङ सञ्चारकर्मीहरले नै संचालन गरेका संञ्चारमाध्यमहरु संकट पर्दै गएकोले समाजले साथ सपोर्ट गरेर जोगाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए भने सहभागी समाजका प्रतिनिधिहरुले समेत त्यसका लागि गुरुङ समाजहरु सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । 

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - २३:२९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology