Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

images
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
images

काठमाण्डौँ । कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ ।

अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ । विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक लाइसेन्स परीक्षा उत्तीर्ण र नवीकरण गर्नेको संख्या ४ देखि ५ हजारसम्म छ । तर कार्ड अभाव भएकाले उनीहरूले कहिले लाइसेन्स पाउने भन्ने टुंगो छैन ।

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०८:३०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology