Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थी कमला गुरुङको निधन

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थी कमला गुरुङको निधन

इच्छाकामना न्युज

१९, मंसिर २०८०
बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थी कमला गुरुङको निधन
images

काठमाडौँ । बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो ।

images
images

बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न पुगेकी ३१ वर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी खुवाएर राखिएको थियो ।

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको काइँला बाबालाई कल गरेर कमला बितेको खबर दिएका थिए ।

त्यसपछि रेडिङमै बस्ने मिडियाकर्मी विषन गुरुङले गैरआवासीय नेपाली संघ बेलायत (गाहामगर समूह) अध्यक्ष प्रेम गाहामगरलाई ९ बजे फोन गरेर सहयोगका लागि अपिल गरे ।

1adc5532-332c-4789-b466-ee3e0d9fc3b8.jpeg

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - ०८:४३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology