कुरिनटार । शहिद लखन गाउँपालिका ४ ठेउवाटार निवासी गोर्खाली सर्जक रमेश परियारले शब्दतर्फबाट ‘राष्ट्रिय लोकदोहोरी अवार्ड २०८०’ पाउन सफल भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा भएको आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० मा ‘वनमा खएर’ गीतबाट सर्जक परियारले अवार्ड पाउन सफल भएका हुन् ।