Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको मझिमटारमा असोज ४ देखि अञ्जन स्मृति कप फुटबल प्रतियोगिता हुने

धादिङको मझिमटारमा असोज ४ देखि अञ्जन स्मृति कप फुटबल प्रतियोगिता हुने

इच्छाकामना न्युज

२१, भाद्र २०८०
धादिङको मझिमटारमा असोज ४ देखि अञ्जन स्मृति कप फुटबल प्रतियोगिता हुने
images

मझिमटार । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारमा असोज ४ गते बाट अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।

images
images

प्रतिष्ठनका प्रवक्ता सुजन भट्टराईका अनुसार यस प्रतियोगिता संचालनका लागि मुल आयोजक समिति विभिन्न उप समितिहरु बनाई तयारी थालिएको छ । प्रतियोगिताको विजयी छिमले ५० हजार र उप विजेता टीमले ३० हजार जित्ने उनले बताए ।

प्रतियोगिता संचालनका लागि मुल आयोजक समितिको अध्यक्षमा विनोद शाह, उप समिति अन्तरगत संयोजकहरुमा आर्थिक व्यवस्थापन सन्तोष रिजाल, मैदान व्यवस्थापनमा किरण थापा, प्रचार प्रसारमा सन्तोष पौडेल, अथिति सत्कारमा चन्द्रकुमारी शाही, सुरक्षा व्यवस्थापनमा शिवराज तिवारी, स्वयमसेवाक व्यवस्थापनमा दिपेश रिजाल, खेलाडी व्यवस्थापनमा अभिषेक तिवारी, प्राथमिक उपचारमा रमेश अर्याल, पुरस्कार तर्फ अनिल रिजाल, सरसफाई तथा खानेपानीमा मुक्तिबहादुर घिमिरे रहेका छन् ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०८:२७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology