Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

images

एजेन्सी

१६, भाद्र २०८०
एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै
images

काठमाडौँ । एसिया कपको दोस्रो खेलमा आज बलिया दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदै छ ।

निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबिच यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलङ्काको पालकेले क्रिकेट स्टेडियममा हुनेछ ।

सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानीमा हुने खेलमा दुवै टोलीमा रहेका विश्व स्टार बलर र ब्याटरको प्रदर्शन कडा प्रतिस्पर्धात्मक हुने मानिएको छ ।

भारतको ब्याटिङको परीक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रमण सामु हुनेछ ।

भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् । एसिया कप र विश्वकपमा मात्रै यी दुई देशबिचको भेट हुँदै आएको छ । त्यसैको कारण यी दुई देशबिचको खेललाई झन् महत्वका साथ हेर्ने गरिन्छ ।

भारत र पाकिस्तानबिच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - ०८:५६:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology