Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नाइजेरियामा सैन्य कु, राष्ट्रपति बाजुम विद्रोहीको नियन्त्रणमा

नाइजेरियामा सैन्य कु, राष्ट्रपति बाजुम विद्रोहीको नियन्त्रणमा

images

एजेन्सी

११, श्रावण २०८०
नाइजेरियामा सैन्य कु, राष्ट्रपति बाजुम विद्रोहीको नियन्त्रणमा
images

एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा सैन्य कु भएको छ । नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैनिकहरुले आफ्नो सैन्य विद्रोह सफल भएको घोषणा गरेका हुन् ।

उनीहरुले सोही घोषणा मार्फत् संविधान विघटन गरेको जनाएका छन् । साथै संविधान अनुरुप निर्माण भएका सबै संस्था निलम्बन गर्नुका साथै पश्चिम अफ्रिकी मुलुकको सिमाना बन्द गरेको जनाएका छन् ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई सेनाले नियन्त्रणमा लिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले राष्ट्रपति बाजुमलाई टेलिफोन गरेर उनिप्रति वासिङ्टनको विश्वास कायमै रहेको प्रतिवद्धता जनाएका छन् ।

यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि राष्ट्रपति बाजुमसँग कुराकानी गरेको र पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरेको बताएका छन् । बाजुम पश्चिम अफ्रिकामा इस्लामवादी आतंकवाद विरुद्धको लडाईमा प्रमुख पश्चिमी सहयोगी हुन् ।

नाइजरको राष्ट्रिय टेलिभिजनमा सेनाका कर्णेल मेजर अमाडो अब्द्रामाने नेतृत्वको टोलीले मुलुकको सुरक्षा स्थिति कमजोर भएको र आर्थिक तथा सामाजिक सुशासन कायम गर्नका लागि हालको शासन व्यवस्थाको अन्त्य गरेको घोषणा गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १०:३१:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology