Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै

विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै

images

एजेन्सी

११, श्रावण २०८०
विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै
images

काठमाडौं । अमेरिका र मेक्सिकोमा सन् २०२६ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र बिहीबार हुँदैछ । ड्र मलेसियास्थित क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान ११ :४५ बजे खेल सुरु हुनेछ । 

नेपालसहित २० राष्ट्रले होम एण्ड अवेको आधारमा प्लेअफ पार गरेपछि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् । फिफा वरीयता अनुसार एसियामा रहेका पुछारका २० टोलीले प्रारम्भिक प्लेअफ छनोट खेल्नुपर्नेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई ४/४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी सबै टोलीलाई दुई पटमा विभाजन गरिएको छ । पहिलो पटमा २७ देखि ३६ स्थानमा रहेका नेपाल, हङकङ, इन्डोनेसिया, चाइनिज ताइपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार, कम्बोडिया सहितको टोली रहेका छन् । दोस्रो पटमा ३७ देखि ४६ स्थानका टोली भुटान, मकाउ, बंगलादेश, मंगोलिया, लाओस, ब्रुनाई, टिमोर–लेस्टे, पाकिस्तान, गुआम र श्रीलंका रहेका छन् ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि युवा खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । 

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १०:२७:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology