Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ट्राफिक प्रहरीले दिएका १० वर्ष पुराना बाइक ईभीमा रूपान्तरण गर्दै आविष्कार केन्द्र

ट्राफिक प्रहरीले दिएका १० वर्ष पुराना बाइक ईभीमा रूपान्तरण गर्दै आविष्कार केन्द्र

images

इच्छाकामना न्युज

३, श्रावण २०८०
ट्राफिक प्रहरीले दिएका १० वर्ष पुराना बाइक ईभीमा रूपान्तरण गर्दै आविष्कार केन्द्र
images

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय 'बग्गीखाना' ले राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराएको पुराना बाइकलाई विद्युतीय बाइकमा रुपान्तरण गरिने भएको छ ।

फेसबुकमा एक पोस्ट गर्दै केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले यस विषयमा जानकारी दिएका हन् ।

यसका लागि प्रहरीले केन्द्रलाई १० देखि १३ बर्ष सम्म पुरानो राम्रो अवस्थामा रहेका १० वटा मोटरसाइकल केन्द्रलाई उपलब्ध गराएको पुनले बताए । काठमाडौं ट्राफिक प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यले उक्त बाइकहरू केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।  

यो सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध मोटरसाइकललाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नका लागि परीक्षण गरिने उनले बताएका छन् । 

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - ०९:३०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology