Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भाईको फोटो देखाएर दाइसँग विवाह, विवाहपछि भाइसँग शारीरिक सम्पर्क

भाईको फोटो देखाएर दाइसँग विवाह, विवाहपछि भाइसँग शारीरिक सम्पर्क

पत्रपत्रिका

४, बैशाख २०८०
भाईको फोटो देखाएर दाइसँग विवाह, विवाहपछि भाइसँग शारीरिक सम्पर्क
images

महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए ।

images
images

गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् । फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृंखला सुरु भयो । ‘देवरसँग यौन सम्पर्क गर्नुपर्ने । ‘जे भयोभयो भनेर चित्त बुझाउँदै थिएँ नन्द तुलसीकुमारीले देवरसँग सुत भन्न थाल्नु भो ।’ किशोरीले रुँदै भनिन् ‘म मानिनँ नन्द र सासुले मुखमा कपडा कोचेर राति राति कुट्न थाले ।’

घर परिवारको दबाब भन्दै देवर शैलेन्द्रले पनि आमा समानकी भाउजूको अगाडि राक्षसी रूप देखाए । ‘धेरैपटक देवरले मलाई करणी गरे,’ किशोरीले भनिन् ।

शैलेन्द्रले किशोरीमाथि जर्बजस्ती करणी जारी राखेपछि स्थानीय बुद्धिजीवी र प्रहरीको रोहबरमा इलाका प्रहरी कार्याल गौशालामा छलफलमा बसे । छलफलले किशोरीलाई शैलेन्द्रसँग विवाह गराउने निर्णय ग¥यो । ‘यस विषयमा धेरैपटक छलफल भएपछि अन्तिममा देवर शैलेन्द्रसँग विवाह किशोरीको विवाह गराउनेमा समाज राजी भयो,’ प्रहरी निरीक्षक मनोजकुमार यादवले भने ।

घरको आर्थिक अवस्था कमजोर रहेको तर हुनेवाला ज्वाइँको खान्दान धनी भएकाले १ लाख रुपैयाँ ऋण खोजेर छोरीको विवाह गरेको पीडित किशोरीकी बाबु सुरदेव पुर्वेले बताए । विवाह अगाडि सम्धी रामचन्द्र साहले कान्छा छोरा शैलेन्द्रको फोटो देखाएकाले आपूm छोरीको विवाह गर्ने राजी भएको भन्दै पूर्वे भन्छन्, ‘छोरीको विवाहमा म कामका लागि पञ्जाब गएको थिएँ घर आएपछि थाहा पाएँ छोरीमाथि यत्रो धोका भएको रहेछ ।’

लालेन्द्रको यसअघि नै तीन जनासँग विवाह भएर पनि सम्बन्धविच्छेद भइसकेको छ । अहिले प्रहरीले शैलेन्द्रका बुबा रामचन्द्र साहलाई आइन्दा बुहारीलाई कुटपिट नगर्ने, नागरिकता बनाइदिने र विवाह दर्ता गराइदिने सर्तमा कागज गराएर छाडेको छ ।

प्रहरीमा सहमति गरेर आएपछि पनि नन्द तुलसी कुमारीले प्रहरीमा गएर घरको इज्जत फालेको भन्दै कुटपिट गरेको किशोरीले सञ्चारकर्मीलाई बताइन् । कुटपिटबाट युवतीको हात, खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - ०८:१४:४९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology