Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

भिम र गरिमा अभिनित  'सुस्तरी सुस्तरी...' सार्वजनिक ( भिडियो )

भिम र गरिमा अभिनित  'सुस्तरी सुस्तरी...' सार्वजनिक ( भिडियो )

इच्छाकामना न्युज

३, बैशाख २०८०
भिम र गरिमा अभिनित  'सुस्तरी सुस्तरी...' सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत 'सुस्तरी सुस्तरी'को  म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन्।  वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।  

अप्रेशनको   क्रममा आमाको मृत्यु भएपछि बुवाले बाचेकी छोरीलाई हुर्काउन गरेको त्याग र संघर्षलाई भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा भिम  न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ।  बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  'बिजी इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  
 
भिडियो लिंक:

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - २१:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology