Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चितवनमा मौलिक कौराहा प्रतियोगिता हुने 

चितवनमा मौलिक कौराहा प्रतियोगिता हुने 

images

आशिक राना

१८, पौष २०७९
चितवनमा मौलिक कौराहा प्रतियोगिता हुने 
images

चितवन । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनले ‘प्रथम मौलिक कौराहा प्रतियोगिता’ गर्ने भएको छ। ‘भाषा, कला, लिपि, संस्कृति एवम् साहित्य संरक्षणको लागि पहिलोपटक प्रतियोगिता गर्ने तयारी भइरहेको नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन्। भाषा, कला र भेषभूषा संरक्षण नभएसम्म जातीयताको अस्तित्व नरहने हुँदा त्यसको संरक्षणको लागि पनि कार्यक्रम गर्ने प्रयास गरिएको उनले बताइन्। 

‘जातीयताको अस्तित्व नै नरहे राष्ट्रको अस्तित्व रहनै सक्दैछ,’ उनी भन्छिन्, ‘त्यसैले लोप हुन लागेको मगर समुदायको कौराहा (कानराहा) सँगै भाषा तथा भेषभूषालाई संरक्षण गर्न पनि हामीले सानो प्रयास थालेका हौँ।’ यही पुस २३ गते भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने प्रतियोगिताको लागि विभिन्न शीर्षकमा दश उपसमिति गठन गरेर तयारी थालेको अध्यक्ष मगरले जानकारी दिइन्। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनै समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ता शुल्क २ हजार रूपैयाँ तोकिएको संघले जनाएको छ। प्रत्यक्ष गायनमार्फत कौराहा आयोजना गर्न लागेको संघका उपाध्यक्ष रमेश रानामगरले जानकारी दिए। ‘पोषाक, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखेर मौलिकताका आधारमा मूल्यांकन गर्नेछौँ,’ उनले भने। 

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - १९:०९:१२ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology