चितवन– जुटपानीका कोरोना संक्रमितको पुरुषको ज्यान गएको छ। कालिका नगरपालिका ७ जुटपानीका ६२ बर्षिय पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ६ः३५ बजे ज्यान गएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो।
असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना हुनुभएको थियो। पुरुषमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ।