Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू 

मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू 

images

इच्छाकामना न्युज

१२, कार्तिक २०७९
मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू 
images

काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू गरेको छ । आयोगले हिजोदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । ती सामग्री जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृतलाई पठाउनेछ । निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सामान दिएर मतदानस्थलमा पठाउनेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मतपत्र भने कात्तिक २७ सम्म पुग्ने आयोगले जनाएको छ । मङ्सिर १ गतेसम्म मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरी सम्बन्धित क्षेत्रमा पु¥याउने योजना रहेको आयोगले जनाएको छ । आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायत ५८ प्रकारका सामग्री पठाएको हो ।

जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामान जिल्ला तहमै खरिद गर्नुपर्ने हुन्छ । आयोग प्रवक्ता शालिग्राम पौडेलका अनुसार सुदूरपश्चिम र कर्णालीमा आवश्यक पर्ने प्रत्यक्षतर्फका मतपत्र र मतदान गर्ने टेबलमा ओछ्याउने रबर म्याटबाहेक सबै सामग्री पठाइसकेको छ ।

प्रत्यक्षतर्फको मतपत्र पनि पर्सि सोमबारदेखि ढुवानी सुरु हुने आयोगले जनाएको छ । कर्णाली र सुदूरपश्चिममा पहिलो चरणमा पठाउने आयोगको तयारी छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०८:५५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology