Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय सभाका समिति सक्रिय बन्दै 

राष्ट्रिय सभाका समिति सक्रिय बन्दै 

images

सिआईएन

७, आश्विन २०७९
राष्ट्रिय सभाका समिति सक्रिय बन्दै 
images

काठमाण्डौ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै यस मातहतका संसदीय समिति निष्क्रिय भएका छन् । तर चुनाव, चाडपर्वलगायत राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सभा मातहतका समितिले छलफल तथा निर्देशनलाई तीव्रता दिएका छन् ।

दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समितिले निरन्तर छलफल गर्दै आएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तीन वटा उपसमिति गठन गरेको छ भने बाझिएका कानुनको बारेमा ७ दिनभित्र जानकारी गराउन सबै मन्त्रालयलाई पत्राचार गरिएको समितिका सभापति मायाप्रशाद शर्माले सीआईएनसँग बताउनुभयो ।

समितिले ऐनद्वारा प्रत्यायोजित अधिकार बमोजिम नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, आदेश, मापदण्ड बनेका छन, छैनन? प्रत्यायोजित विधायनहरु सिद्धान्त अनुरुप बनेका छन वा छैनन? भन्ने विषयमा अध्ययन गर्छ ।

राष्ट्रिय सभाको बैठकमा सरकारले व्यक्त गरेका आश्वासनकार्यान्वयन भए, भएनन? मुलुकभित्र रहेका महत्वपूर्ण दस्तावेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थानहरूको संरक्षण व्यवस्थापनका बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने क्षेत्राधिकार पनि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हो । 

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:५८:१५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology