बहराईन । २० वर्ष मुनिको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा राति ८ः४५ बजे हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि नेपाल तयारी अवस्थामा रहेको बताउनुभएको छ । तीन महिनादेखि प्रशिक्षण गरिरहेका कारण प्रतियोगिताका लागि टोली तयार रहेको प्रशिक्षक केसीको भनाइ छ ।
नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । समूह ‘बी’ मा नेपाल सहित घरेलु टोली बहराईन, भुटान, कतार, बङ्गालादेश पनिछन्। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्ष मुनिको एसियन कपमा स्थान बनाउने छ ।