Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालका सार्वजनिक शौचालय अपाङ्गतामैत्री बन्न सकेनन् 

नेपालका सार्वजनिक शौचालय अपाङ्गतामैत्री बन्न सकेनन् 

images

इच्छाकामना न्युज

१६, भाद्र २०७९
नेपालका सार्वजनिक शौचालय अपाङ्गतामैत्री बन्न सकेनन् 
images

स्नेहा कर्ण, काठमाडौँ । शारीरिक रुपले अशक्त व्यक्तिलाई ध्यानमा राखेर सार्वजनिक शौचालय नबन्दा समस्या भएको छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ मा सबैको पहुँचमा हुने गरी शौचालय निर्माणको अवधारणा अघि सारिए पनि कार्यान्वयन हुन सकेको छैन ।

सार्वजनिक शौचालय अपाङ्गमैत्री नभएकै कारण कयौँ पटक पीडा भोग्नु परेको एक जना अपाङ्गता भएका व्यक्ति भुप प्रसाद भुर्तेलले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा शारीरिक रुपले अशक्त भएकाहरूको सङ्ख्या ५ लाख १३ हजारभन्दा धेरै छ । उनीहरूमध्ये अधिकांशको सहज पहुँचमा शौचालय छैन ।

देशभरका २ देखि ३ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँचमा मात्रै सार्वजनिक शौचालय भएको राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक तीन सय मिटरमा एउटा र सार्वजनिक स्थानमा ५० जना बराबर एक शौचालय हुनुपर्छ । तर, नेपालमा कुल जनसङ्ख्यालाई पुग्नेगरी ५ प्रतिशत पनि सार्वजनिक शौचालय छैन भने भएकाहरू पनि अपाङ्गतामैत्री छैन ।

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - ०९:३५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology