Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तमु ल्होसारको पूर्वसन्ध्यामा तमु प्ये ल्हु संघ चितवनद्वारा राससकर्मी पत्रकार हिरालाल गुरुङ सम्मानित

तमु ल्होसारको पूर्वसन्ध्यामा तमु प्ये ल्हु संघ चितवनद्वारा राससकर्मी पत्रकार हिरालाल गुरुङ सम्मानित

images

इच्छाकामना न्युज

११, पौष २०७७
तमु ल्होसारको पूर्वसन्ध्यामा तमु प्ये ल्हु संघ चितवनद्वारा राससकर्मी पत्रकार हिरालाल गुरुङ सम्मानित
images

चितवन, ११ पुस । राष्ट्रिय समाचार समिति (रासस) का चितवन प्रतिनिधि पत्रकार हिरालाल गुरुङ सम्मानित भएको छ। पत्रकार गुरुङलाई आज तमु प्ये ल्हु संघ चितवनले एक कार्यक्रमका बिच फेटा लगाएर सम्मानपत्र दिई सम्मान गरेको हो।
पत्रकार गुरुङले संघले संचालन गरेको २०७८ सालमा हुन गैरहेको नेपालको राष्ट्रिय जनगणनामा गुरुङहरुको धर्म बोन लेखौ र लेखाऔ अभियानका क्रममा विभिन्न सञ्चार माध्यम मार्फत समाचार सम्प्रेषण गरि अभियानलाई सघाउ पु¥याएको भन्दै सम्मान गरेको संघले जनाएको छ। उनलाई संघले आज चितवनको नारायणी नदि किनारमा गरेको बृहत तमु ल्होसार कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ नेपालका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले फेटा लगाई सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो। 

133689963_3580705375348675_1589316167767647399_n.jpg
पत्रकार गुरुङ रासस सहित लामो समयदेखि चितवनको कुरिनटारमा रहेको इच्छाकामना एफ एम १०२.४ मेगाहर्जमा समाचार शाखा प्रमुखको रुपमा कार्यरत रहेको छ। 

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - २०:३०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology