Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

बिहानी मिडियाले देवघाटमा भोली तीजगीत प्रतियोगिता आयोजना गर्दै

बिहानी मिडियाले देवघाटमा भोली तीजगीत प्रतियोगिता आयोजना गर्दै

इच्छाकामना न्युज

१२, भाद्र २०७९
बिहानी मिडियाले देवघाटमा भोली तीजगीत प्रतियोगिता आयोजना गर्दै

देवघाट । बिहानी मिडिया डटकमले महिलाहरूको महान पर्व तीजको अवसरमा मौलिक तीज गीत प्रतियोगिता गर्दैछ ।

images

दर खाने दिन भोलि (सोमबार) देवघाटमा प्रतियोगिता आयोजना गर्न लागेको आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

अहिलेसम्म १७ वटा समूहले प्रतियोगितामा सहभागी हुने जानकारी गराएको आयोजकले बताएको छ । प्रतियोगितामा सहभागीमध्ये प्रथम हुने समूहलाई नगद १० हजार रुपैयाँ, द्वितीय हुने समूहलाई नगद पाँच हजार र तृतीय हुने समूहलाई नगद तीन हजार पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक अनिल मिश्रले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर ‘विरही’ गुरूङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरूङ र दोहोरी गायिका भूमिका गिरीले प्रतियोगी समूहको मूल्याङ्कन गर्नेछन् । यसका साथै चर्चित गायक बलबिक्रम थापामगर, रञ्जिता थापामगर, सुवास तिम्सिना, सञ्जय थापामगर, अञ्जु खड्का र शिव थापामगरले गायन प्रस्तुत गर्नेछन् । यस्तै वृन्दा दाहाल र कविता आलेमगरले नृत्य प्रस्तुत गर्नेछन् भने सागर गाहामगरले हाँस्य व्यङ्ग्य प्रस्तुत गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने समूहले मौलिक, सामाजिक एवम् सांस्कृतिक परिवेशमा आधारित रहेर आफ्नो प्रस्तुति दिनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । बिहानी मिडिया डटकमका अध्यक्ष आशिक रानामगरले प्रतियोगिताको मुख्य उद्देश्य तीजको मौलिकता संरक्षण गर्नु रहेको बताए । ‘पछिल्लो समय तीज पर्व भड्किलो, उछृङ्खल, विकृत बन्दै गएकोले त्यसलाई रोक्नको लागि पनि हामीले मौलिक प्रस्तुतिमार्फत् प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘यसबाट मौलिक संस्कृति संरक्षणमा टेवा पु¥याउन सकिन्छ भन्ने लागेको छ ।’

इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख हरिनारायण श्रेष्ठले सुरक्षा व्यवस्थापन कडा पारिने बताए । आउने प्रतियोगी र दर्शकलाई कुनै असुविधा महसुस नहुने उनको भनाइ थियो । साथै हेल्थ डेक्सको समेत व्यवस्था गरिएको आयोजनकले जानकारी दिएको छ ।

एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान देवघाट गाउँपालिकाभित्र रहेर २०७८ सालमा भएको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल तीन जना विद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बिहानी मिडियाले जनाएको छ । अध्यक्ष आशिक रानामगरका अनुसार सामुदायिक विद्यालयतर्फ बज्रयोगिनी मावि देवघाट–५ का सबिना मगर (३.२५) र पार्वती मावि देवघाट–१ का किरण गुरूङ (३.१) तथा गुरूकुलतर्फ महेश संस्कृत गुरूकुलम्का दिग्विजय लामिछाने (३.९५) लाई सम्मान गर्न लागेको हो ।

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - २१:४३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology