Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

निर्वाचन आयोेगलाई मतपत्र छाप्ने कागज किन्नै समस्या

निर्वाचन आयोेगलाई मतपत्र छाप्ने कागज किन्नै समस्या

images

इच्छाकामना न्युज

१२, भाद्र २०७९
निर्वाचन आयोेगलाई मतपत्र छाप्ने कागज किन्नै समस्या
images

काठमाडौं । आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताउनुभयो। आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो। तर न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ। आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो।

उहाँका अनुसार चारवटा आपूर्तिकर्ताले प्रस्ताव पेस गरेका थिए। तर चारवटैको प्रस्तावित मूल्य आयोगको न्यूनतम मूल्यभन्दा बढी थियो। आयोगले स्थानीय निर्वाचनमा सात सय मेट्रिक टन कागज खरिद गरेको थियो। जसका लागि करिब १३ करोड रुपियाँ खर्च भएको थियो। उक्त खरिद प्रक्रियाबमोजिम आयोगले करसहित प्रतिमेट्रिक टन एक लाख ६२ हजार ९४६ रुपियाँ तिरेको थियो। तर अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढ्दा त्यसको असर मतपत्रका लागि आवश्यक कागज आपूर्तिमा समेत परेको हो।

आयोगको आन्तरिक कार्यतालिकाबमोजिम भदौ दोस्रो सातासम्म कागजका लागि आपूर्तिकर्तासँग सम्झौता भइसक्नुपर्ने हो। तर आपूर्तिकर्ता नै सुनिश्चित भइसकेको छैन। पहिलो पटकको बोलपत्र रद्द हुँदा आयोगले भदौ १० गते तीन दिनभित्र प्रस्ताव पेस गर्न पुनः बोलपत्र आह्वान गरेको छ तर अवधि भने छोट्याइएको छ।

यसअघि सात दिनको समय दिइएको थियो। दोस्रो पटक आह्वान गरिएबमोजिम आपूर्तिकर्ताले आइतबारभित्र प्रस्ताव पेस गर्नुपर्नेछ । प्रवक्ता पौडेलले भन्नुभयो, “यसअघि २५ दिन समय छुट्ट्याइएकोमा अब आपूर्तिकर्ताले २० दिनमात्रै पाउनेछन्।” यसरी आपूर्तिकर्ताले २० दिनमात्रै पाउने भए पनि असोज ५ गतेभित्र मात्रै कागज आपूर्ति हुनेछ। तर आयोगको कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भदौ २० गतेदेखि छाप्न सुरु हुनुपर्ने हो। “मौज्दात कागजबाट मतपत्र छापिरहँदा आपूर्तिकर्तालाई छिट्टै आपूर्ति गरिदिन आग्रहसमेत गर्नेछौँ,” उहाँले भन्नुभयो, “तत्काल समानुपातिकको मतपत्र छाप्न समस्या हुन्छ, प्रत्यक्षको मतपत्र असोज अन्तिमदेखि छापिने भएकाले त्यतिन्जेल आपूर्ति भइसक्ने हो।”

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र छाप्न करिब एक हजार एक सय मेट्रिक टन कागज आवश्यक हुने आयोगको अनुमान छ। तर आयोगसँग हाल २५० मेट्रिक टनमात्रै कागज उपलब्ध छ। आयोगको निर्वाचन शाखाका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाका लागि दुई–दुई करोड गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ चार करोड मतपत्र छापिनेछ। गोरखापत्रबाट

 

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - ०८:३१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology