Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँको देवघाट गाँउपालिकाले श्रम अभियान संचालन गर्ने

तनहुँको देवघाट गाँउपालिकाले श्रम अभियान संचालन गर्ने

images

इच्छाकामना न्युज

३, भाद्र २०७९
तनहुँको देवघाट गाँउपालिकाले श्रम अभियान संचालन गर्ने
images

देवघाट । देवघाट गाँउपालिकाले ‘श्रमको सम्मान देवघाट गाउँपालिकाको अभियान’ संचालन गर्ने भएको छ । गाँउपालिकाले तथा कुनै काम सानो वा ठूलो हुदैन भन्ने भावना जगाउन अभियान सुरु गर्न लागेको जनाएको छ ।

‘एक महिना, एक वडा, एक घण्टा’ श्रमको सम्मान देवघाट गाउँपालिकाको अभियान’ नारा सहित अभियान संचालन गर्न लागिएको गाँउपालिाका अध्यक्ष तिल बहादुर थापाले बताए ।

देवघाट गाउँपालिकाको आर्थिक बर्ष २०७९–०८० को नीति तथा कार्यक्रम अनुरुप श्रम गर्ने बानीको विकास गर्ने अभियान सुरु गर्न लागेको देवघाट गाँउपालिकाका उपाध्यक्ष भुवसिं गुरुङले बताए । अभियान अन्र्तगत भदौ ३ गते ०३ गते शुक्रबाबाट सुरु गर्ने समेत पालिकाले जनाएको छ ।

अभियानको पालिकाले पहिलो देवघाट – ५ स्थित वेणी संगममा बोलबम मेलाका क्रममा जम्मा भएका फोहोरमैलाहरु सरसफाई तथा व्यवस्थापन गर्ने कार्यक्रम रहेको पालिकाका प्रमुख प्रशाशीय अधिकृत रमेश सुववेदीले बताए । देवघाट गाउँपालिकाले अभियानमा सरिक हुन सम्पुर्ण जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका कर्मचारीहरुलाई अपिल समेत गरेको छ ।

 

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - १०:५२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology