Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भदौ २० सम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना गरी विवरण पठाउनुः निर्वाचन आयोग 

भदौ २० सम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना गरी विवरण पठाउनुः निर्वाचन आयोग 

इच्छाकामना न्युज

२, भाद्र २०७९
भदौ २० सम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना गरी विवरण पठाउनुः निर्वाचन आयोग 

काठमाण्डौ । निर्वाचन आयोगले भदौ २० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना गरी विवरण पठाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

images

२० गतेसम्म स्वीकृत दरबन्दी बमोजिम प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूको पदस्थापना गरीे भदौ २५ गते भित्र विवरण उपलब्ध गराइदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनुभयो ।

उहाँका अनुसार आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापन गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि अन्तर निकाय समन्वय गर्न, निर्वाचनको क्रममा अनुगमन गर्न, निर्वाचन आचारसंहिता जिल्ला अनुगमन समिति, जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समिति र जिल्ला निर्वाचन सुरक्षा समिति लगायतका समितिहरूमा समेत प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण रहने भएकोले आयोगले सो निर्देशन दिएको हो ।  

यसैबीच, आयोगलेआगामी निर्वाचनकोप्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई सुरक्षा योजना तयार गरेर उपलब्ध गराउन पनि भनेको छ ।

आयोगले विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी अग्रिम रूपमा दिन पनि भनेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०९:२५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology