Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली काँग्रेस निर्वाचन आयोगमा दर्ता 

नेपाली काँग्रेस निर्वाचन आयोगमा दर्ता 

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
नेपाली काँग्रेस निर्वाचन आयोगमा दर्ता 
images

काठमाण्डौ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेल सहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन्  । निर्वाचन आयोगले संघ र प्रदेशको लागि दल दर्ताको लागि निर्धारण गरेको अन्तिम दिन काँग्रेसले दल दर्ता गरेको हो ।

यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ ।  किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । काँग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ ।

हालको केन्द्रीय कार्यसमितिमा महिलाको उपस्थिति ३३ प्रतिशत नभएकाले उनीहरूलाई मनोनित गरिएको हो । 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:४५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology