Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा, विभिन्न कार्यक्रममा सहभागी हुने 

माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा, विभिन्न कार्यक्रममा सहभागी हुने 

इच्छाकामना न्युज

२१, श्रावण २०७९
माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा, विभिन्न कार्यक्रममा सहभागी हुने 

जापान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नुभएको छ । हिजो राति जापानका लागि प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्ड आज बिहान टोकियोस्थित नारिता विमानस्थलमा अवतरण गर्नुभएको हो ।

images

प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गर्नुभएको छ । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ वायुसेवा निगमको जहाजमार्फत् जापान जानुभएको हो ।

प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नुहुनेछ । अध्यक्ष प्रचण्डले भोलि हिरोसिमाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

भोलि नै उहाँ नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा पनि सहभागी हुनेहुनेछ ।

जापानमा रहँदा जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ। 

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०९:००:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology