Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट विशेष

देवघाटको वडा नं. ५ मा जग्गा नापजाँच सुरु 

देवघाटको वडा नं. ५ मा जग्गा नापजाँच सुरु 

आशिक राना

२०, श्रावण २०७९
देवघाटको वडा नं. ५ मा जग्गा नापजाँच सुरु 

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्यांक सङ्गलन काम सुरु भएको छ। राष्ट्रिय भुमि आयोग तनहुँको समन्वयमा देवघाट ५ नम्बर वडा बाट आज शुक्रबार देखी जग्गा नापजाँच सुरु गरिएको हो।

images

देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले जग्गा नापजाँचको काम आज वडा नम्बर ५  देवपुर टोल बिकास संस्थाबाट सुरु भएको बताउदै क्रमिक रूपमा देवघाट गाउँपालिकाको सवै वडाहरुमा नापजाँच हुने बताउनुभयो।साथै अध्यक्ष थापाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जतिसक्दो छिटो प्रक्रिया मिलाई लालपुर्जा दिने बताउनुभयो।

देवघाट गाउँपालिका उपाध्यक्ष भुवान सिं गुरुङले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको काम निरन्तर अगाडी बढेको बताउदै सवै वडा बासीहरुलाई आ–आफ्नो जग्गाधनी निस्सा पत्रको  प्रतिलिपी १ सहित श्रीमान श्रीमतिको नागरिकताको प्रतिलिपि १/१  र  समवन्धित  जग्गाधनि बिवादरहित उपस्थित हुन अनुरोध गर्दै आफ्नो समुदायमा सुचना प्रभाव गरी सहयोग गर्न आग्रह समेत गर्नुभयो।

गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले देवपुर टोल बिकासमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब ३ सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको बताउनुभयो। ५ नम्बर वडा भूमिहीन दलित १९ भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी १ हजार ४ सय ५५ जना छन्। एक महिना भित्रमा वडा भित्रको जग्गा नापजाँच गर्ने लक्ष्य सहित काम सुरु भएको छस् कुँवरले भन्नुभयो।


जग्गा नापजाँचका लागी टोलि प्रमुखको रुपमा नापी कार्यालय तनहुँका राजिव श्रेष्ठ खटिएका छन। जिल्लाको शुक्लागण्डकी नगरपालिका ७ मा पनि यस अघि जग्गा नापजाँच प्रक्रिया सुरु भएको छ।

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका(७,बन्दिपुर गाउँपालिका,आँबुखैरेनी गाउँपालिका १ र २, देवघाट गाउँपालिका ५ र व्यास नगरपालिका १ र २ मा भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिनुभयो।

जिल्लाका १० पालिका भूमिहीन दलित १ हजार १ सय ८, भूमिहीन सुकुम्बासी १ हजार ८ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार १ सय ३७ गरी २६ हजार १ सय १७ जनाको निवेदन दर्ता भएको छ।

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - १८:०८:५० बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology